आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने

आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने

driving_licence

काठमाडौँ । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएको छ । बाग्मती प्रदेश सरकारले आइतबारदेखि डिजिटल लाइसेन्सलाई मान्यता दिएको हो ।

यससँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) देखाएर यात्रा गर्न सक्ने छन् ।

ट्राफिक प्रहरीलाई उक्त लाइसेन्स जाँच गरी कारबाही गर्न सरकारले छुट्टै स्मार्टफोन उपलब्ध गराएको छ ।

नागरिक एपमा रहेको लाइसेन्ससँगै अब एउटा क्यूआर देखिने छ । ट्राफिक भोयलेसन रजिस्ट्रेसन सिस्टम (टीभीआरस)मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको । उक्त फोनबाट ट्राफिकले नागरिक एपको क्यूआर देखाउने व्यक्तिको क्यूआर स्क्यान गर्न र लाइसेन्स जाँच गर्न सक्ने छ । कारबाही गर्नुपरेको अवस्थामा ट्राफिकले अनलाइनबाट ट्राफिक नियम उल्लंघनको विवरण टिपी जरिबानासमेत गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्थालाई इन्टरनेटको आवश्यकता पर्ने छैन ।

काठमाडौं उपत्यकालगायत ट्राफिक प्रहरीलाई हाल १०४ वटा फोन सरकारले उपलब्ध गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ