कावासोतीमा जिप दुर्घटना, दिदीभाइको मृत्यु, २८ जना घाइते

दुर्घटना

कावासोतीमा जिप दुर्घटना, दिदीभाइको मृत्यु, २८ जना घाइते

kawasoti jeep acc

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप दुर्घटनामा उक्त हताहति भएको हो ।

मृत्यु हुनेमा बुलिङटारकी पवित्रा मर्सांगी र पवन मर्सांगी रहेका छन् । उनीहरु दिदीभाइ हुन् ।

अनकन्टार पहाडमा दुर्घटना भएकोले उद्धार कार्यका लागि कठिन भएको थियो । घाइतेलाई  नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ