भारतका चर्चित निर्देशक एसएस राजामौली फिल्म बहुबलीको तेस्रो संस्करण बनाउने तयारीमा छन् ।
मिडिया रिपोर्टका अनुसार पुराना दुवै फिल्म जस्तै यस फिल्ममा पनि प्रभास मुख्य भूमिकामा देखिने बताइएको छ । उक्त खुलासा फिल्म कंगुवाका निर्माता ज्ञानवेल राजाले गरेका हुन् । उनले फिल्म कंगुवाको सिक्वेल पनि बन्ने बताए । ज्ञानवेल २०१५ को फिल्म बाहुबलीको तमिल वितरक पनि थिए ।
ज्ञानवेलले भने, ‘बाहुबली ३ प्लानिङ स्टेजमा छ । गत हप्ता चलचित्रकर्मीसँगको छलफलका क्रममा थाहा भयो । उहाँले बाहुबली १ र २ बनाउनुभएको थियो । तर अब उहाँहरु लामो समयपछि बाहुबली ३ बनाउने योजनामा हुनुहुन्छ।’
ज्ञानवेलले कल्की २८९८ ईस्वी र सालारको सिक्वेलको उदाहरण पनि दिए, जुन लामो अन्तरालपछि बन्नेछ । त्यस्तै कंगुवाको सिक्वेल पनि बन्नेछ ।
केही समयअघि एक कार्यक्रममा राजामौलीलाई फिल्म ‘बाहुबली’ फ्रेन्चाइज दुई पार्ट रिलिज भएपछि अगाडि बढ्छ कि भनेर सोधिएको थियो, उनले भनेका थिए, ‘बाहुबली एनिमेटेड सिरिजमा मात्र अगाडि बढ्ने छैन अन्यमा पनि अगाडि बढ्नेछ माध्यमहरू बढाइनेछ। अहिले यो प्लेटफर्ममा यसको बारेमा कुरा गर्ने सही समय होइन ।’
‘बाहुबली’ का निर्माता शोबु यार्लागड्डाले पनि यो कुरामा सहमति जनाउदै अहिलेसम्म ‘बाहुबली’ सिरिजका फिल्महरु सानो हिस्सा मात्र भएको बताए । यसमा धेरै फ्रान्चाइजीहरू बनाउन सकिने बताए ।
सन् २०१५ मा रिलिज भएको फिल्म ‘बाहुबली’ तेलुगु र साउथ सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । यो भारतको सबैभन्दा धेरै कमाउने हिन्दी डब फिल्म पनि थियो ।
प्रभासको फिल्म ‘बाहुबली’ भारतको पहिलो फिल्म हो, जसले १० दिनमा हजार करोड रुपैयाँ कमाएको छ । त्यस्तै, बाहुबली-२ २०१७ मा रिलिज भएको थियो । यसको हिन्दी संस्करणले ५१०.९० करोड कमाएको थियो ।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला