प्रहरीको थुनामा रहेका एक जना बाथरुममा मृत भेटिए

प्रहरीको थुनामा रहेका एक जना बाथरुममा मृत भेटिए

Jail one

चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।

आपराधिक लाभ कसुर मुद्दामा कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।

आज बिहान ४:४५ बजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उनलाई बिहान ६ बजे मृत घोषणा गरिएको हो ।

क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ