दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा, काठमाडौँको पनि अस्वस्थ

दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा, काठमाडौँको पनि अस्वस्थ

Delhi Air Pollution

Delhi’s air quality worsens.(HT_PRINT)

भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ ।

प्रदूषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिवार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदूषण स्तरमा सबै भन्दा बढी हो । यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी दिइएको छ ।

दिल्लीमा १३ प्रदूषण हटस्पट छन् । दिल्ली सरकारले प्रदूषण न्यूनीकरणका लागि समन्वय समिति गठन गरेर धुलो प्रदूषण कम गर्न राजधानीमा ८० वटा मोबाइल एन्टी स्मोग गन राखिएको बताएको छ ।

दिल्लीपछि पाकिस्तानको लाहोर शहरको एयर क्वालिटी इन्डेक्स ४१२ रहेको छ । यस सूचीमा काठमाडौँको एयर क्वालिटी इन्डेक्स अहिले १६२ रहेको छ जुन अस्वास्थ्य मानिन्छ ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था (खतरनाक) मानिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ