महिला स्वास्थ्य स्वयंसेविकालाई काममा जाँदा सार्वजनिक गाडीमा भाडा नलाग्ने

सहुलियत

महिला स्वास्थ्य स्वयंसेविकालाई काममा जाँदा सार्वजनिक गाडीमा भाडा नलाग्ने

health-worker

पोखरा । स्वास्थ्य सेवामा क्रियाशील महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले यही कात्तिक १५ गतेबाट आफ्नो कार्यक्षेत्र भित्र तोकिएको कामको सिलसिलामा आवतजावत गर्न निःशुल्क यातायात सुविधा पाउने भएका छन् ।

स्वास्थमन्त्री प्रदीप पौडैलको उपस्थितिमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाबीच सम्झौता भएको छ ।

यस व्यवस्थाले देशैभरका ५२ हजार भन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई थोरै भए पनि लाभ हुने विश्वास लिएका मन्त्री पौडैलले बताए ।

योसँगै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको थप क्षमता विकासका लागि आवश्यक तालिम तथा सीप मूलक कार्यक्रमको प्याकेज समेत चाँडै सार्वजनिक गरी सञ्चालन गर्ने मन्त्री पौडेलले भनेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds