मुग्लिन ११ः३५, दमौली १२ः४०, कास्की प्रवेश गर्दै, आधा घण्टामा पोखरा

रवि लामिछाने पक्राउ प्रकरणः

मुग्लिन ११ः३५, दमौली १२ः४०, कास्की प्रवेश गर्दै, आधा घण्टामा पोखरा

amfk

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा ल्याइँदैछ ।

बाटोमा उनका समर्थकहरूले ठाउँ–ठाउँमा विरोधसहित नाराबाजी गरेका छन् । धादिङमा कार्यकर्ताहरुले प्रहरीको गाडीमाथि समेत ढुंगा हाने ।

चितवनको मुग्लिनमा सयौँको संख्यामा रास्वपाका नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए ।

चितवन–२ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेको पक्षमा मुग्लिनमा भीड जम्मा हुने भएपछि प्रहरीले नारायणगढबाट मुग्लिनतर्फ आउने सडक अवरुद्ध पारेको थियो । मुग्लिनमा टोली ११ः३६ मा आइपुगेको थियो ।

प्रहरीले लामिछानेलाई कुरिनटारस्थित एपीएफको विपद् व्यवस्थापन केन्द्रमा खाना खुवाएको थियो । त्यसैले मुग्लिन आइपुग्न ढिलाई भएको थिया ।

दमौलीमा आइपुग्दा १ः४० बजेको थियो । एक दर्जन जति कार्यकर्ता दमौली बजारमा उभिएर बसेका देखिन्छ ।

लामिछानेलाई लिएर आएको प्रहरी टोली तनहुँको कोत्रे हुँदै कास्की प्रवेश गर्ने क्रममा छ । अबको आधा घण्टामा जिल्ला प्रहरी कार्यालय कास्की आइपुग्ने प्रहरी श्रोतले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ