रवि लामिछानेलाई पोखरा ल्याउने क्रममा ठाउँठाउँमा प्रहरी गाडीमाथि ढुंगा प्रहार

सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई पोखरा ल्याउने क्रममा ठाउँठाउँमा प्रहरी गाडीमाथि ढुंगा प्रहार

सडक अवरुद्ध पार्ने प्रयास, पोखरामा समेत भोलि प्रदर्शनको तयारी

dhunga prahar

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा ल्याउने  क्रममा विभिन्न ठाउँमा कार्यकर्ताहरू उग्र रूपमा प्रस्तुत भएका छन् ।

स्थलमार्गबाट पोखरा ल्याउने क्रममा लामिछानेलाई ल्याइएको पृथ्वीराजमार्ग रुटका विभिन्न स्थानका सडकमा पार्टीका नेता कार्यकर्ता भेला भएर विरोध प्रदर्शन गरेका हुन् ।

प्रहरीका अनुसार धादिङको नौबिसे, गल्छी, गजुरीलगायतका स्थानमा उनको पक्षमा प्रदर्शन भएका हुन् । प्रहरी गाडीमाथि पनि ढुंगा प्रहार गरिएको छ ।

सो क्रममा सडक अवरुद्ध पार्ने प्रयास समेत भएको प्रहरीको भनाइ छ । उसो त उनलाई पक्राउ गर्ने क्रममा पार्टी कार्यालय बनस्थलीमै पनि विरोध र नाराबाजी भएको थियो ।

लामिछानेलाई पक्राउको विरोधमा शनिबार पोखरामा समेत प्रदर्शनको तयारी गरिएको एक नेता बताउँछन् । यसबारे छलफल गर्न बेलुकी नै पोखरामा रास्वपाको प्रदेशस्तरीय बैठक बसेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ