पोखरा । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीले पत्राचार गरेको छ ।
कास्कीका अनुसन्धान अधिकृत डीएसपी वसन्तकुमार शर्माको हस्ताक्षरमा रविलाई पक्राउ गरि कास्की पठाउन केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरलाई पत्राचार गरेको हो ।
‘प्रस्तुत विश्वमा कृष्णप्रसाद जैसी समेतको जाहेरी तथा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि. पोखराको पूर्वअध्यक्ष एवं सञ्चालक गितेन्द्रबाबु राई समेत भएको सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानको सिलसिलामा पक्राउ गर्न सम्मानित कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भई आएको हुँदा पक्राउ अनुमति यसै साथ संलग्न राखी पठाईएको छ प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइ दिनु हुन सादर अनुरोध गरिएको छ’, पत्रमा लेखिएको छ ।

रविविरुद्ध केही समयअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो ।
सम्बन्धित खबर
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
‘थाइल्याण्ड भ्रमण सफल, दुई देशबीच आठ सम्झौता’
‘रविलाई राजनीतिबाट बिदा गरेर पार्टी निर्माणमा लागौँ’ – रास्वपा संस्थापक महामन्त्री ढकाल
घरबाटै पक्राउ परे रवि लामिछाने
रवि लामिछानेलाई थुनामा पठाउने आदेश, बुटवलमा १ करोड धरौटीमा छाड्ने आदेश उल्टियो
दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयो: राप्रपा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर