राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। सहकारी ठगीमा उनीविरूद्ध शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको हो।
लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगीमा पक्राउ पुर्जी भएको हो। पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै कानुनलाई पूरा सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
यस्तो छ लामिछानेको फेसबुक स्टाटस;
सरकार मर्यो, हामीलाई जुठो पर्यो!!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ??
तपाईं बिचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?
तपाईं प्रमाणित भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपिदिनुपर्ने।
तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौं अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?
यति गरेपछि भाटभटिनीको इस्यु मोड्न पनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर म कहिले भागेर हिँडिनँ र हिँड्दिनँ पनि। ओलीजी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईंले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनु भो। वाचा स्वरूप तपाईंले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रोसँग थाहा छ। तपाईंको मन्त्रिमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईंहरूका दलका नेता/कार्यकर्ता प्रमाणित सहकारी ठग हुन्। कोही जेलमा छन्, कोही फरार छन्। तपाईंहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईंहरूबाट पीडितले न्याय पाउँदैनन्। त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं।
ठिक छ, म तपाईंहरूको दिनगन्ती सुरू भएको खुसीयालीमा कानुनलाई पूरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कुनियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्याएको यो देशले चाँडै देख्ने छ। सुरूआत तिमीहरूले गर्यौ, अन्त्य हामी गर्नेछौं, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई, सरकार मर्यो, हामीलाई जुठो पर्यो। तर मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।
प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले कसैलाई ठगेको छैन।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो