राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको हो ।
अदालतले केही समयअघि साँझ पक्राउ पुर्जी जारी गरेको हो । कास्की जिल्ला अदालतका न्यायाधीस कृष्णजंग साहले पक्राउ पुर्जी जारी गरेका हुन् ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।
जोशीलाई थप २० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
रास्वपाका सह-प्रवक्ता कवीन्द्र बुर्लाकोटीका अनुसार नेताहरु बिहानैदेखि वनस्थलीस्थित केन्द्रीय कार्यालयमा छन् । प्रहरीहरूले कार्यालय वरिपरी रेकी गरिरहेका छन् ।
पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।
सम्बन्धित खबर
रवि लामिछाने भैरहवा कारागार चलान
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर