असोजमा ५३ हजार ५ सय २५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागको मासिक विवरणअनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला कामको खोजीमा बाहिरिएका छन्।
असोजमा म्यानपावर कम्पनीमार्फत २४ हजार ३ सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ ८ हजार ९ सय ३८ जनाले श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृति लिनेहरू भमे १९ हजार ३ सय ५६ जना रहेका छन्। सबै प्रक्रियाबाट असोजमा ५३ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। गत बर्ष असोजमा ३१ हजार ३ सय ६८ जनाले श्रम स्वीकृति लिएका थिए।
साउदी १० हजार, कतार ९ हजार ७ सय, कुवेत ३ हजार ८ सय, कोरिया १ हजार १ सय ६ जना र जापान १ हजार ४ सय ५६ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ।
यस्तै, युरोपेली देश रोमानिया २ हजार २ सय जना, ओमान २ सय ७२ जना, क्रोएसिया ७ सय ८३ जना, साइप्रस ४ सय ८५ जना गएकोमा म्यानपावर मार्फत ४ सय २३ जना, जोर्डनका लागि १ सय ७ जना, मलेसिया ४३ जना र मरिससमा ८७ जना गएको विभागले जनाएको छ।
मलेसियाको रोजगारी बन्द भएका कारण त्यहाँ जाने कामदारको संख्या घटेको विभागले जनाएको छ। गत मार्चदेखि मलेसियाको रोजगारी बन्द छ। असोज र कात्तिक नेपालीका चाडपर्वका महिना भएपनि वैदेशिक रोजगारमा जाने क्रम अघिल्ला महिनाजस्तै यथावत् देखिएको छ।
सम्बन्धित खबर
दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध विरोध प्रदर्शन
भारतीय चलचित्र अभिनेता मनोज कुमारको निधन
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीसँग आज भेटवार्ता
बिम्स्टेक शिखर सम्मेलन सुरू, सँगै उभिए ओली र मोदी
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर