सुनको भाउमा आज पनि रेकर्ड, २ हजार बढ्यो

सुनको भाउमा आज पनि रेकर्ड, २ हजार बढ्यो

gold_

काठमाडौं- सुनको भाउले आज लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। हिजो छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार पनि सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेर रेकर्ड कायम भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ