मनसुन बाहिरिएलगत्तै देशभरको तापक्रम क्रमश घट्दो क्रममा छ।
न्यूनतम तापक्रम क्रमशः घट्दा काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरूमा बिहान बेलुका चिसो महशुस हुन थालेको छ।
पोखरामा हिजो १७.९ डिग्री सेल्सियस मापन भएको थियो।
शुक्रबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ। शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस मापन भएको थियो।
त्यस्तै, दिपायलको न्यूनतम तापक्रम २०.४ डिग्री सेल्सियस, डडेलधुराको १३.३ डिग्री सेल्सियस, धनगढीको २१.५ डिग्री सेल्सियस, विरेन्द्रनगरको १७.४ डिग्री सेल्सियस, नेपालगन्जको २२.६ डिग्री सेल्सियस, जुम्लाको १०.१ डिग्री सेल्सियस, घोराहीको १९.४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यस्तै, सिमरामा २०.५ डिग्री सेल्सियस, ओखलढुंगामा १४.२ डिग्री सेल्सियस, ताप्लेजुङमा १४.३ डिग्री सेल्सियस, धनकुटामा १५.५ डिग्री सेल्सियस, विराटनगरमा २२.५ डिग्री सेल्सियस, जोमसोममा ९.५ डिग्री सेल्सियस, धरानमा २० डिग्री सेल्सियस, लुम्लेमा १४.५ डिग्री सेल्सियस, जनकपुरमा २२.४ डिग्री सेल्सियस र जिरीमा १३.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो।
देशभर अधिकतम तापक्रम पनि घट्दो क्रममा छ।
अत्यधिक गर्मी हुने धनगढी र नेपालगन्जको अधिकतम तापक्रम बिहीबार ३१.८ डिग्री सेल्सियस मापन भएको थियो। त्यस्तै जनकपुरमा बिहीबारको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस मापन भएको थियो।
सम्बन्धित खबर
नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा
आजको मौसमः देशका अधिकांश भागमा सफा रहने
आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने
हवाई उडान प्रभावित, परराष्ट्रमन्त्री सवार जहाजसहित तीन जहाज डाइभर्ट
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर