फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार

फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार

fewa lake rescue

गण्डकी । हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले तालको बीच भागमा काठको डुङ्गामा अड्किएका रुपन्देहीको देवदह नगरपालिका–११ का २२ वर्षीय मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर नगरपालिका–११ का २२ वर्षीया प्रिति सुनारको उद्धार गरेको हो ।

काठको डुङ्गा भाडामा लिइ फेवातालमा सवार दुवै जनाको तालको बीच भागबाट उद्धार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिए । फेवाताल रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको विशेष विपद् व्यवस्थापन टोलीले घटनाबारे जानकारी प्राप्त गर्नासाथ उनीहरुको उद्धार गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ