पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो

दुर्घटना

पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो

तीन जना घाइते

Tipper

पोखरा २५, हेम्जाको बडहरेमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको बस रोकी यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशा तर्फबाट आउँदै गरेको ग १ ख ९१४२ नम्बरको टिप्परले पछाडिबाट बसलाई ठक्कर दिएको हो ।

बसमा चढ्दै गरेका म्याग्दी धौलागिरी गाँउपालिका वडा नं. ५ बस्ने वर्ष ८४ को हर्कलाल छन्त्याल घाइते भई फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेका छ भने अवस्था मध्यम रहेको कास्की प्रहरीले जनाएको छ ।

त्यसैगरी, टिप्पर चालक जिल्ला सिन्धुपालचोक चौतारा साँगाचोकगढी नगरपालिका ३ घर भएका ३१ बर्षिय मनोज कटुवाल घाइते भएका छन् ।

उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी, टिप्परमा सवार नुवाकोट घर भएका बर्ष २८ को बुद्ध घले घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट र अवस्था मध्यम छ । उनको मणिपाल शिक्षण अस्पतालमा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ