सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

gold2

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सय रुपैयाँ बढेको हो । हिजो छापावाल सुन प्रतितोला १ लाख ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ