काठमाण्डौ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झन्डै पौने दुई अर्ब रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा अहिलेसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ रकम जम्मा भएको हो । उद्धार कोषमा असोज २३ गतेसम्म एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुर्य सय ९० रुपैयाँ जम्मा भएको थियो ।
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरूङले बाढी पीडितका लागि सहयाेगार्थ प्रधानमन्त्री राहत काेषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् ।

असोज २३ यता स्वर्ग पवित्रा सत्य सुन्दर समाजले तीन लाख, (एसआइएमओएन) ले एक लाख ९३ हजार एक सय १, विद्युत् उत्पादन कम्पनीले पाँच लाख ९६ हजार सात सय ४५, साल्टट्रेडिङ्ग कर्पोरेसनले ६० लाख, (एनआरएनए) ले ५१ लाख, नेशनल इन्सुरेन्स कम्पनी दश लाख, राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार ३८, सोनापुर टोल विकास संस्थाले १३ हजार तीन सय १५, झरबारी टोल विकास समितिले तीन हजार, नेपाल प्रहरी श्रीमती सङ्घले पाँच लाख ५५ हजार पाँच सय ५५, विधाधर मल्लिकले सात हजार छ सय ७१ रुपैयाँ सहयोग गरेको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो