यस वर्षको बडादशैँ सकियो

यस वर्षको बडादशैँ सकियो

Dashain teeka

यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो ।

समितिका अनुसार साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने आज बिहीवार परेको छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि टीका र जमरा लगाउने क्रम शुरु भएको थियो ।

मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि असोज शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ