म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीसहित आठ जना उत्कृष्ट प्रहरी पुरस्कृत भएका छन् ।
६९ औंँ प्रहरी दिवसको अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई पुरस्कार वितरण र सम्मान गरेको हो ।
प्रहरी निरीक्षक राजन रायमाझी, प्रहरी सहायक निरीक्षक बलबहादुर खड्का, प्रहरी हवल्दार दिपक आले, प्रहरी सहायक हवल्दार खेम परियार, अम्मरबहादुर क्षेत्री, प्रहरी जवान चित्रबहादुर गुरुङ, सविता कुम्हाल र नविन सिंजालीलाई पुरस्कृत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय लगायतले उनीहरुलाई सम्मान गरे ।
सोहि कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा विजयी प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले कानुन कार्यान्वयन, शान्ति सुरक्षा कायम र अपराध अनुसन्धानमा प्रहरीको महत्वपूर्ण भूमिका रहेका बताए ।
प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले नयाँ परिवेश र प्रविधीको विकाससँगै सिर्जना भएका चुनौतिहरु सामना गर्न नेपाल प्रहरीले आफ्नो क्षमता र जनमैत्री कार्यशैली अपनाएको बताए । पुर्व प्रहरी संगठन म्याग्दीका अध्यक्ष भिमबहादुर श्रेष्ठले पनि शुभकामना व्यक्त गरेका थिए ।
प्रहरी निरीक्षक सागर पौडेलले सञ्चालन गरेको कार्यक्रममा अर्का प्रहरी निरीक्षक राजन रायमाझीले स्वागतका साथै प्रहरी महानिरीक्षक बसन्त कुँवरको शुभकामना सन्देश बाचन गरिएको थियो ।
सम्बन्धित खबर
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
म्याग्दीको मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित
म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका क्षेत्री विजयी
म्याग्दीमा रुखबाट खसेर एक जनाको मृत्यु
सडकमार्ग खुलाएर १ दिनको यात्रा अब चार घण्टा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर