डडेल्धुरा । मंगलबार राति १२ बजेतिर डडेल्धुरामा बस दुर्घटना भयो । महेन्द्रनगरबाट बैतडीको हाटपचौडीका लागि छुटेको बस अमरगढी नगरपालिका- ७ खसरेखान नजिक दुर्घटना हुँदा एकै परिवारका चारजनासहित पाँचको मृत्यु भएको छ । शिशुसहित उनका आमा- बुबा र बज्यैको घटनास्थलमा ज्यान गयो ।
बैतडीको पुर्चौंडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा दुई दिनको शिशुसहित श्रीमान र आमासँगै खुसी भएर पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बसमा गाउँ फर्किदै थिइन् । डडेल्धुराको भात्काडा आसपासको बजारमा खाना खाएर उक्त बस गन्तव्यका लागि हिँडेको थियो । २० वर्षीया कमला र उनका २२ वर्षीय श्रीमान सहदेव बोहरा पनि खुसीयालीसहित नवजात शिशु लिएर गाउँ फर्किदै थिए । उनीहरूसँगै ४५ वर्षीय आमा जैमती बोहरा पनि सँगैको सिटमा हर्षित मुद्रामा रहेको उक्त बसदुर्घटनामा परी घाइते भएकी विमला महताले बताइन् ।
कमला २४ असोजमा सुरक्षित डेलिभरीका लागि कैलालीको धनगढी गएकी थिइन् । साथमा उनका श्रीमान् र गर्भवती छोरीको स्याहार गर्न आमा जैमती पनि धनगढी गएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्म दिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो । तर, उनीहरूको खुसी ४८ घण्टा पनि टिक्न पाएन ।
छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्यो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारैजनाको एकै चिहान भयो। अर्की मृतक पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बुधबार बिहान दुर्घटनाग्रस्त स्थलबाट सुरक्षाकर्मीले बसभित्र च्यापिएर रहेको अवस्थामा निकालेको थियो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । बसमा १७ जना सवार थिए।
चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ । बसमा १७ जना सवार थिए । दुईजना बेपत्ता भएको बताइएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।
तस्वीरः अन्नपूर्ण पोष्ट
सम्बन्धित खबर
झापा, अर्घाखाँची र रोल्पामा चट्याङ लागेर ३ जनाको मृत्यु
काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ जना घाइते
स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीकाको कार्यालय भ्रमण र निरीक्षण
डोटी र बझाङमा चट्याङ लागेर दुईजनाको मृत्यु, ७ घाइते
यी स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना
मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर