गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते

दुर्घटना

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सल्यानटारका निशानको मृत्यु, रुपेश गम्भीर घाइते

Bike Motercycle Accident GandakNews

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा धादिङका एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ सल्यानटारका २० बर्षीय निशान गिरी रहेका छन् ।

निशान मोटरसाइकल पछाडि सवार थिए । उनको आरुघाट आधारभूत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले जानकारी दिए ।

एसपी पाठकका अनुसार आइतबार राति करिब ८ बजे गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं. ३ सिमलफेदमा बा ३६प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

मोटरसाइकल सडकदेखि करिब १० मिटर तल खसेको थियो । गोरखा दरबार र संग्रहालय घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।

सो दुर्घटनामा मोटरसाइकल चालक २० बर्षीय रुपेश गिरी गम्भीर घाइते भएका छन् । उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी पाठकले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ