म्याग्दी । पहिरोले बाटो बगाएपछि पर्यटकीयस्थल घोडेपानीमा पर्यटक आगमन गत वर्षको तुलनामा घटेको छ । वार्षिक ३० हजार विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा यो वर्ष पर्यटकको आगमन ठप्पप्रायः भएको छ ।
घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गतअन्नपूर्ण–५ घोप्टेखर्कमा गत साउनमा पहिराले भत्काएको सडक मर्मत नहुँदा पर्यटक आगमन घटेको हो । पर्यटक आगमनको याम प्रारम्भ भइसक्दा पनि सडक मर्मत नहुँदा घोडेपानीका होटल व्यवसायी चिन्तित भएका छन् ।
“विगतका वर्षमा दशै लगत्तै छुट्टी मनाउन बस चढेर आउने आन्तरिक पर्यटकले घोडेपानीका होटलहरु भरिभराउ हुन्थ्ये,” उनले भनिन्, “कास्कीबाट पदयात्रा गरेर आउने पर्यटक मात्रै छन् । घोडेपानी पर्यटकीय याममा पनि सुनसान छ ।”
घोप्टेखर्कमा १० मिटर सडक भत्किएपछि मोटरसाइकल बाहेक अन्य सवारी साधन ठप्प छन् । अठार किलोमिटर लामो पोखरेबगर–चित्रे सडक खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालयले रु. ३० करोडको लागतमा कालोपत्र गरिएको थियो ।
अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक मर्मत गरेको बताए । लुलीया र हल्लेखर्कको घुम्तिमा सडक भासिएको ठाउँमा हलुका सवारी साधन सञ्चालन हुनेगरी स्थानीय स्रोतबाट मर्मत गरिएको वडाध्यक्ष खड्काले बताए । रासस
सम्बन्धित खबर
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
आजदेखि हेमजा आलु महोत्सव
आज देशभरको मौसम कस्तो रहन्छ?
काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
अर्जुनचौपारीमा कफी कृषकलाई नगद अनुदान
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर