दसैं बिदा आज सकियो, सरकारी कार्यालय खुले

दसैं बिदा आज सकियो, सरकारी कार्यालय खुले

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

पोखरा । दसैंको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । आजदेखि नै सरकारीसहितका कार्यालय खुलेका छन् ।

दसैंको फूलपाती अर्थात् असोज २४ देखि सुरु भएको बिदा आज त्रयोदशीका दिनदेखि खुल्न लागेको हो । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन बिदा दिने निर्णय गरेको छ ।

यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी रहनेछ ।

जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ