म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । “मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा रु २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन्”, उनले भने, “सरदर मूल्यअनुसार रु १६ बराबरको च्याङ्ग्रा बिक्री भएका छन् ।”
गत वर्ष सात हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडाच्याङ्ग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालि भेडाच्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारीहरूले बताएका छन् ।
जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोसिलो, तागतिलो र स्वस्थ मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ ।
बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङ्ग्रा रु १० हजार कम मूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो ।रासस
सम्बन्धित खबर
मुस्ताङमा ९ महिनामा झण्डै ४ लाख पर्यटक भित्रिए
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
मुस्ताङमा बने थप तीनवटा मोटरेबल पुल
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी हुँदा सुरक्षाकर्मी घाइते
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर