पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिनु गलत : बिन्दा पाण्डे

पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिनु गलत : बिन्दा पाण्डे

binda pandey

नेकपा एमाले नेता बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन व्यपारीबाट सहयोग लिनु गलत भएकी बताएकी छन् ।

पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनले बताइन् ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनी बढी जग्गामा एमालेले पार्टी कार्यालय बनाउँदैछ । २५ असोजमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । एमाले नेताहरुका अनुसार भवन निर्माण पनि व्यवसायी गुरुङले नै गरिदिने छन् ।

एमाले स्थायी कमिटी सदस्य पाण्डले पार्टीको यो कदमको विरोध गरेकी छन् । ‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो’, पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ