काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ ।
निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ । उक्त निर्वाचनका लागि दल दर्ताको काम आयोगले सम्पन्न गरिसकेको छ ।
आयोगले सार्वजनिक गरेको विज्ञप्ति अनुसार रास्वपासहित २५ राजनीतिक दलले उपनिर्वाचनमा भाग लिन भन्दै दल दर्ता गरिसकेका छन् । उपनिर्वाचनमा भाग लिनका लागि रास्वपाले १४ औँ नम्बरमा दल दर्ता गरेको हो ।
उपनिर्वाचन प्रयोजनका लागि नेकपा एमाले‚ नेपाली कांग्रेस‚नेकपा माओवादी केन्द्र‚नेकपा एकीकृत समाजवादी‚ राप्रपा‚ नागरिक उन्मुक्ति पार्टी‚ नेपाल मजदुर किसान पार्टी‚ जसपा‚ जसपा नेपाल‚ जनमत पार्टी‚ राप्रपा नेपाल‚ नेपाली कांग्रेस बिपी‚ राष्ट्रिय जनता पार्टी‚ लगायत दल दर्ता भएका छन् ।
रास्वपाको स्थापना २०७९ असार ७ गते भएको हो । पार्टी २०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । सोही कारणले पार्टीले २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भाग लिन पाएको थिएन । स्थापना भएको ६ महिना पश्चात् भएको सङ्घीय निर्वाचनमा भने रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ बाँकी सिट गरेर २० सिट जितेको थियो । त्यसपश्चात् २०८० साल वैशाखमा भएको उपनिर्वाचनबाट एक सिट बढाउँदै रास्वपा २१ सिटको दल भएको हो । तर‚ २०८१ वैशाखमा भएको इलाम उपनिर्वाचनमा भने रास्वपा पराजित हुन पुगेको थियो ।रासस
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो