मंगलबार चापाकोट नगरपालिकामा शोक बिदा

मंगलबार चापाकोट नगरपालिकामा शोक बिदा

chapakot na.pa

स्याङ्जाको चापाकोट नगरपालिकामा मंगलबार शोक बिदा हुने भएको छ ।

चापाकोट नगरपालिका वडा नं. ६ का वडा सदस्य तारा सिं थापाको आज हृदयघातका कारण निधन भएकाले चापाकोट नगर कार्यपालिकाको कार्यालय र सम्पुर्ण वडा कार्यालयहरुमा मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरिएको नगरप्रमुख देव बहादुर खाँणले जानकारी दिए ।

वडा सदस्य एवं नगरसभा सदस्य थापाको ४३ वर्षको अल्पायु उमेरमै भएको दु:खद निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंगलबार नगर कार्यपालिकाको कार्यालय र सम्पुर्ण वडा कार्यालयहरु बन्द रहने चापाकोट नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ