काठमाडौं- नेपालले घरेलु मैदानमा आगामी १ देखि १४ कात्तिकसम्म हुने साफ च्याम्पियनसिप फुटबलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय अन्तिम टोली छनोट गरेको एन्फाले जनाएको हो। नेपालले युरोपियन लिग खेलिरहेकी सावित्रा भण्डारी र रेखा पौडेललाई टोलीमा समेट्दै फाइनल टिमको घोषणा गरेको हो।
नेपाली टोलीको कप्तानी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले गर्ने छिन्। च्याम्पियन्सिपमा दक्षिण एशियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउने तय भएको छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिएको छ। समूह ‘ए’ मा साबिक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन्।
समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन्। च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच हुने छ।
नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग कात्तिक २ गते खेल्ने छ। नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिपको आयोजना गर्न लागेको हो।
यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौं संस्करण काठमाडौंमै आयोजना भएको थियो ।
त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए।
यस्तो छ नेपाली टोली
गोलरक्षक: एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ डिफेण्डर : गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, सजनी थोकर मिडफिल्डर : रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिसा कार्मी, विमला चौधरी फरवार्ड : रश्मि कुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ