सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको उपचारका क्रममा मृत्यु भएको छ । गत १० र ११ गते आएको अविरल वर्षापछि बाढी–पहिरोमा उद्धारका लागि खटिएका उनको सोमबार बिहान नेपाल एपिएफ अस्पताल बलम्बुमा मृत्यु भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका–५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो।
बडुवाल सोही बेसमा साउन ३ गतेदेखि कमान्डर थिए। सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायत स्थानमा परिचालित थियो। पछिल्लो समय असोज १०–११ गतेको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल खटिएको थियो।
ज्वरो लगायतका समस्या देखिएपछि बडुवाललाई असोज २६ गते नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार गराइएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको डिएसपी थापाले बताए।
बडुवालले ०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए। उनको स्थायी घर बर्दिया हो । उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिने सशस्त्र प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
लोकसेवा खुल्यो, अधिकृत, उपसचिवदेखि सहसचिवसम्म दरखास्त आह्वान
आज दसैँको टीका र जमरा लगाउने अन्तिम दिन
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
सेनाले भन्यो- ‘लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्’
हर्क साम्पाङले उपमेयरलाई नदिई वडा अध्यक्षलाई दिए कार्यवाहक
घाँस काट्न गएकामाथि हात्तीको आक्रमण, एकको मृत्यु
यो पनि पढौँ
पोखराबाट पर्वत गएको गाडी सडकबाट खस्दा १० जना घाइते
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु