‘दमौली अस्पतालमा भुइँमै राखेर उपचार गरेको सत्य होइन’

‘दमौली अस्पतालमा भुइँमै राखेर उपचार गरेको सत्य होइन’

damauli hospital

दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा भुइँमै राखेर उपचार गरिएको भन्ने समाचार सत्य नरहेको अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताएका छन् ।

केही अनलाइनमा भुइँमै राखेर बिरामीको उपचार गरिएको समाचार आएकामा आफू पनि अचम्मित भएको भन्दै उनले त्यस्तो नरहेको उल्लेख गरे ।

अस्पतालमा बिरामीको चाप रहेपनि भुइँमै राखेर उपचार गरिएको भन्ने गलत रहेको तनहुँका पत्रकार कृष्ण न्यौपानेसँग बताएका छन् ।

उनले भनेका छन्, ‘हिजो बरु एक जना अपाङ्गता भएका व्यक्ति उपचारका लागि आउनुभएको रहेछ । उहॉलाई सहजताका लागि तलै राखेर सेवा दिइएको थियो ।’ पन्ध्र श

य्या क्षमताको अस्पतालले ५० शय्यामा सेवा दिइरहेको छ । अस्पतालमा बढ्दो बिरामीको चापका कारण अस्पतालको स्तरोन्नति अति आवश्यक भएको डा. बरालको भनाइ छ । अहिलेकै क्षमतामा बिरामीलाई सेवा दिन कठिन भइरहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ