खेतमा काम गरिरहेका नेपालीमाथि भारतीय वन रक्षकले गोली चलाउँदा घाइते

खेतमा काम गरिरहेका नेपालीमाथि भारतीय वन रक्षकले गोली चलाउँदा घाइते

balaram goli

नेपालगञ्ज । बर्दियाको नेपाल–भारत सीमा क्षेत्रमा खेतमा काम गरिरहेका एक नेपालीमाथि भारतीय वन रक्षकले गोली चलाएका छन् ।

बर्दियामा भारतीय वन रक्षकले गोली हान्दा नेपाली घाइते भएका छन् । गुलरिया नगरपालिका– ८, आशापुरका बालाराम लोधमाथि भारतीय वन रक्षकले गोली चलाएका हुन् ।

भारतीय सीमा नजिकको आफ्नो खेतमा जंगली जनावर धपाउन गएका लोधलाई भारतीय वन रक्षकले पारीबाट गोली हानेका हुन् । हिजो राति करिब सात बजे उनीमाथि गोली चलाइएको हो । लोधलाई १६ वटा छर्रा लागेको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । नेपाली प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आशापुरबाट केही वर्षअघि भारतीय वन रक्षकले यसरी नै गोली हानेर पक्राउ गरी एक जना लोध नै थर भएका व्यक्तिलाई बेपत्ता पारेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ