पोखराका सडक सफा गर्न महानगरले ल्यायो एउटा ब्रुमर मेसिन

सरसफाई

पोखराका सडक सफा गर्न महानगरले ल्यायो एउटा ब्रुमर मेसिन

broomer

पोखरा महानगर भित्रका सडकलाई स्वीपर मेसिनबाट सफा गर्न महानगरले एउटा ब्रुमर मेसिन ल्याएको छ । पोखरा महानगरपालिकाले नगर क्षेत्रको सडक सफा गर्न स्वीपर मेसिन (ब्रुमर) ल्याएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले एक साथ शुभारम्भ गरेको ब्रुमरको सहायताले महानगर क्षेत्रको सडक सरसफाइको काम गरिनेछ ।

महानगरका मुख्य सडकहरूमा सवारीको चाप बढेसँग सडक छेउमा धुलो जम्मा हुने र वातावरण नै प्रदूषण हुने अवस्था आएपछि सडकको सफाइका लागि मेसिन नै प्रयोग गर्न लागिएको नगर प्रमुख आचार्यले बताए । मेसिनले नियमित रूपमा सडक सफाइको काम गर्नेछ ।

३३ लाख ९९ हजार रुपैयाँमा खरिद गरिएको उक्त मेसिन ४९ हर्ष पावर क्षमताको छ । २.९ मिटरको चौडाइ भएको यो मेसिन साना गल्लीहरूमा समेत प्रवेश गर्न सक्ने र सडक सफाइको काम गर्न सक्नेछ । यसले सडकको फोहोरलाई आफ्नो कन्टेनरमा जम्मा गरी हाइड्रोलिकको सहायताले अर्को भेइकलमा खन्याउनेछ ।

ब्रुमरले नगर क्षेत्रका मुख्य, सहायक र भित्री गल्लीहरू समेत सफा गर्नेछ । मेसिन केवल स्वीपरको रूपमा मात्र प्रयोग नभई लोडरको रूपमा समेत प्रयोग गर्न सकिने छ ।

यसले महानगरपालिकाको सफाइ अभियानलाई थप प्रभावकारी तथा दिगो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । महानगरपालिकाले सडक सफाइका लागि ठूलो संख्यामा सफाइकर्मीहरू समेत परिचालन गरेको छ ।

भिडियोः पोखरा महानगरपालिका कार्यालय फेसबुक पेज

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ