दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु

दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु

madi nadi

तनहुँ । नुहाउने क्रममा मादी नदीले बगाउँदा तनहुँमा एक जनाको मृत्यु भएको छ ।

व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आइतबार नवलपुरको गैंंडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनुहँले बताएको छ।

पोख्रेल नुहाउन लागेको ठाउँ भन्दा करिब एक किलोमिटर तल पोख्रेलको उनको शव फेला परेको हो । प्रहरीका अनुसार दसैंमा टीका लगाउन ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाउँदा मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ