पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

Sarbajanik-Bida-Public-Holiday-Gandaki-Pradesh-bida

पोखरा । कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गत वर्षको चैत ९ गते नै निर्णय गरेको थियो ।

सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुने भएको हो ।

संघ सरकारले दिनेवाहेक थप दिनको बिदाका लागि त्यतिबेला सरकारले निर्णय गरेको थियो । कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा समेत गण्डकीमा सार्वजनिक बिदा भएको थियो ।

प्रदेश सरकारको स्थापना दिवसका दिन फागुन ४ गते पनि बिदा दिँदै आएकामा यस वर्ष भने उक्त बिदा कटौती गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ