पर्सामा शनिबार दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा गण्डक नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ।
पर्साको बहुदरमाई नगरपालिका-४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुकको मृत्यु भएको हो।
शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरुसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो। नहरमा डुबेका अजितलाई संगै रहेका साथीहरुले उद्धार गरेर नहर बाहिर निकालेपनि उनको मृत्यु भइसकेको थियो।
घटनास्थलमा प्रहरी पुगिसकेको र मृतकको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।
सम्बन्धित खबर
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ