प्रधानमन्त्रीले ओलीले लगाए राष्ट्रपतिको हातबाट टीका र जमरा

प्रधानमन्त्रीले ओलीले लगाए राष्ट्रपतिको हातबाट टीका र जमरा

president and pm

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन्। शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट विजयादशमीकोटीका र जमरा ग्रहण गरेका हुन्।

शितल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्व र त्यसपछि ५ बजेसम्म सर्वसाधारणलाई टीका जमरा लगाइदिने कार्यक्रम सुरू रहेको छ । प्रधानमन्त्री ओलीले बाढी पहिरो र विपद्का कारण परिवारका सदस्यहरुसँगबाहेक यसपटक टीका लगाउने कार्यक्रम नराखेको शुक्रबार नै जानकारी गराएका छन्।

शितल निवासमा टीका तथा जमरा ग्रहण गर्न उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतका मन्त्रीहरूपनि पुगेको राष्ट्रपतिका स्वकीय सचिवालयले जनाएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले पनि राष्ट्रपति पौडेलको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds