टीका लगाउन आफन्तकोमा जानेहरुका कारण सडकमा चहलपहल बढ्यो

टीका लगाउन आफन्तकोमा जानेहरुका कारण सडकमा चहलपहल बढ्यो

chahalpahal

दशैँको टीका लगाउन आफन्तहरुकोमा जाने क्रमसँगै काठमाण्डौका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ ।

काठमाण्डौ उपत्यकाका तीन जिल्ला (काठमाण्डौ, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने क्रमसँगै सडकमा सर्वसाधारणहरु गाडी कुरेर बसिरहेको देख्न सकिन्छ ।

नयाँ बानेश्वर, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, गौशला, चक्रपथ लगायतका केही ठाउँका चोकमा पालो कुनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ । हिजो काठमाण्डौ उपत्यकामा निकै कम गाडी चलेकोमा अब बढ्न थालेका छन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ