पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले बडा दशैंको दिन विभिन्न स्थानमा बस सेवा उपलब्ध गराएको छ । कास्कीको विभिन्न ७ रुटमा कुल १८ वटा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ ।
नेपालीको महान चाड बडादशैंको टीकाको दिन आज पोखरा महानगरपालिका र यातायात व्यवसायीहरुको सहकार्यमा पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।
दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

उनका अनुसार पोखराका विभिन्न ७ वटा रुटमा ४ वटा कम्पनीका १८ वटा बसहरूले निःशुल्क सेवा दिनेछन् । बस विहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क सञ्चालन हुने प्रजिअ पाण्डेले जानकारी दिए । यात्रुलाई सहज होस् भनेर त्यसरी सञ्चालन हुने बसमा ‘नि:शुल्क बस’ लेखिएको ब्यानर राखिएको उनले बताए ।
यी बसहरूका चालक र सहयोगीलाई सयपत्री फूल माला लगाई सेवा शुभारम्भ गरिएको थियो ।
आज दिनभरी कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म, लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो कि.मी.हुँदै लेकसाईडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुनेछ ।

यात्रुको चाप हेरेर आवश्यक्ता अनुसार रुट, समय र गाडीसमेत थपिने कास्कीका सहायक प्रमुख जल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए । उनले भने,‘जनताको सेवा र राज्यलाई निस्वार्थ सहयोग गर्न हामी तयार छौं । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौं ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीले नागरिकलाई सेवा दिनु आफूहरुको कर्तव्य सम्झेर निःशुल्क बस सेवा सञ्चालन गरिएको बताए । तर, राज्यपनि आफूहरुको व्यवसायीक सुरक्षाका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।
तस्वीरः सुदर्शन रञ्जीत
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो