काभ्रे । सुख्खा पहिरोका कारण बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान करिब ३ :०० बजेको समयमा रोशी गाउँपालिका वडा नं ११, पिप्लेमा माथिबाट सुख्खा पहिरो आएर राजमार्गमा सवारी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
खोटाङबाट काठमातर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नं. को सुमोलाई सोही स्थानमा माथिबाट आएको सुख्खा पहिरोले पुरेको सुमोको केही भाग मात्र देखिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
उनका अनुसार, सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख. ४३५२ नं. को बसलाई रोशी खोलामा २० मिटर तल बगाएको छ । दुवै दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको उनले बताइन् ।
पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ ।
सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानबाट आठ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर केहीबेरमै खसेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको काभ्रे प्रहरी प्रमुख खड्काले जानकारी दिइन् ।
बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्चीसडक खण्ड र रोशी गा.पा. –११ पिप्ले स्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्काल दुईतर्फि सडक अवरोध भएकोले यात्रा नगर्नहुन प्रहरीले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
दाङमा रात्रीबस दुर्घटना हुँदा १५ जना घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो