गुल्मीमा जीप दुर्घटना, १५ जना घाइते

गुल्मीमा जीप दुर्घटना, १५ जना घाइते

accident-jeep

बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बुधबार बुटवलबाट गुल्मी शान्तिपुर जाँदै गरेको जीप सत्यवती गाउँपालिका -१, कुडालीमा आफैं अन्यन्त्रीत भई पल्टिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी सहायक निरीक्षक कृष्ण सुनारले जानकारी दिए ।

दुर्घटना परी जीपमा सवार सबै १५ जना घाइते भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रसनि सुनारले बताए ।

दुर्घटनामा परेका बाग्लुङ बरेङडाँडा गाउँपालिका-३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । प्रसनि सुनारका अनुसार घाइतेहरुलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ