भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् । सात वटा वडा रहेको धवलागिरिको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार महिनाको अन्तिम सातादेखि अवरुद्ध भएका थिए ।
धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बर्खा रोकिएपछि डोजर परिचालन गरेर पहिरो पन्छाएर सबै सडकमा सहज रुपमा यातायातका साधानहरु ब्यवस्था मिलाएको जानकारी दिए । “सडकमा खसेको पहिरो पन्छाउने, भत्किएको ठाउँमा मर्मत र खोलाहरुमा डाईभर्सन बनाएर सवारी साधन सञ्चालन हुने बनाएका छौ,” उनले भने, “हिन्दू धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ मनाउन विदेश तथा सहर बजारबाट गाउँ फर्किने सर्वसाधारण गाडी चढेर गाउँमा पुग्न पाएका छन् ।”
सडकमा सवारी साधन सञ्चालन भएपछि स्थानीयबासीलाई आवत जावतका साथै निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी, कृषि तथा पशुजन्य बस्तु बिक्रीका लागि बजार पठाउन सहज भएको धवलागिरि गाउँपालिका–२ लुलाङका वडा अध्यक्ष अकप्रसाद बिकले बताए ।
सडक मर्मत भएपछि यातायात कम्पनीहरुले बस, जिप सञ्चालन गरेका छन् । इन्धनको भाउ घटेकाले भाडादर पनि समायोजन गरिएको छ । लुलाङ, खोरीया, लमजुङ, मुना, फलीयागाउँ, दर, मुदी, नाउरा, खिवाङ, मलम्पार, मल्कवाङ, बुल, मराङ, राम्चे, आरवाङ, ताकम, धारापानी, शिवाङ, मच्छिम, हिलापोखरी काफलडाडाको बस्तिका सडक मर्मत गरिएको हो । धवलागिरि गाउँपालिकाको वडा नम्बर –१ गुर्जा बाहेकका वडा र सबैजसो बस्तिहरुमा सडक सुविधा पुगेको छ । धवलागिरि–२ लुलाङदेखि गुर्जा जोड्ने सडक आयोजना निर्माणाधीन रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए ।
सम्बन्धित खबर
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो