असारदेखि बन्द बागलुङको दक्षिण भेग जोड्ने सडक सुचारू

सहजता

असारदेखि बन्द बागलुङको दक्षिण भेग जोड्ने सडक सुचारू

bag sadak (1)

बागलुङ । असारदेखि बन्द रहेको बागलुङको दक्षिण भेग जोड्ने सडक खण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ ।

बागलुङको दक्षिण भेग जोड्ने दुई वटै सडक मालढुंगा–कुश्मिसेरा सडक र कालीगण्डकी करिडोर सडक दब्ल्याङको पहिरोका कारण बन्द रहेको थियो ।

करिडोर केही दिन पहिलेदेखि संचालनमा आएको छ भने मालढुंगादेखि बलेवा हुँदै कुश्मिसेरा र भैरवस्थान जाने सडक पनि सञ्चालनमा आएको छ ।

दशैंको समयमा जसरी भए पनि सडक सुचारू गर्नुपर्छ भनेर गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक र त्यस क्षेत्रका सांसद डिल्लीराम सुवेदीले पहल गरेका थिए । दशैं अगावै सडक खोल्न सफल भएको पूर्वाधार कार्यालय बागलुङका कार्यालय प्रमुख दिनेश कुमार घिमिरेले बताए ।

यो पहिरोले गर्दा सडकको ठूलो क्षति भएको कारण यसको समधानका लागि करिब २० करोड खर्च लाग्ने प्रविधिक टोलीले बताएको सांसद डिल्लीराम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ