नेपाली समलिंगी पुरुष र अमेरिकीबीच विवाह दर्ता भएको छ । नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी पुरुषसँग विवाह दर्ता गरेको संभवत यो पहिलो घटना हो ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र न्युयोर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिंगी विवाह दर्ता प्रमाणपत्र दिएको छ ।
विवाह प्रमाणपत्रमा दुवै जना पति उल्लेख गरिएको छ। जोसेफ र प्रजितलाई एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तले बधाई दिएका छन्।
मायाको पहिचान नेपालको पहलमा स्थानीय निकायमा समलिंगी/तेस्रोलिंगी जोडीहरूको विवाह दर्ता हुने क्रम भइरहेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले जानकारी दिए।
स्थानीय निकायमा विवाह दर्ता गर्न मद्दत पन्तले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सेयर गर्दै जोसेफ र प्रजितको चाडै विवाह उत्सव हुन गइरहेको उल्लेख गरेका छन्।
१२ वैशाख २०८१ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो। मायाको पहिचान नेपालको पहलमा परिपत्र जारी भएसँगै स्थानीय तहहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गर्न थालेका हुन्।
माया गुरुङ्ग र सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो समलिङ्गी तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गर्न सफल भएका थिए। १३ मङ्सिर २०८० मा माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गराएका थिए।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो