लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन

लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन

पाठेघरको क्यान्सरबाट ग्रसित थिइन्

chhupimaya

पोखरा । लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ ।

५८ वर्षीया उनी पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् । उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै उनको निधन भएको हो ।

उनी २०७४ मा दूधपोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन् । उनको घर दूधपोखरी ५ कोल्की हो । चितवनको क्यान्सर अस्पतालमा उनको उपचार हुँदै आएको थियो । गाउँमै बस्दै आएकी उनलाई सोमबार राति बेथाले च्यापेपछि चितवन लैजाने क्रममा बाटोमा निधन भएको हो ।

छुपीमाया कांग्रेस गण्डकी प्रदेश समिति सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य हुन् । अविवाहित छुपिमाया गाउँमा दाजुसँगै बस्थिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ