धवलागिरि आरोहणका क्रममा ५ पर्वतारोहीको निधन

धवलागिरि आरोहणका क्रममा ५ पर्वतारोहीको निधन

dhaulagiri climb

पोखरा । धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका रसियाली ५ आरोही मंगलबार मृतावस्थामा भेटिएका छन् । उनीहरु गत आइतबारदेखि हराइरहेका थिए ।

७ हजार १ सय मिटरमाथि भेटिएका ती आरोहीको शव हेलिकोप्टरबाट उद्धार गरिएको छ । हराइरहेका आराहीको खोजी हेली एभरेस्टको हेलिकोप्टरमार्फत् गरिएको थियो । ७ हजार ६ सय मिटरको उचाइबाट उनीहरु खसेको अनुमान गरिएको हेली एभरेस्टका निर्देशक मिङ्मा शेर्पाले बताए ।

अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए ।

हाइक्याम्पमा बास बसेर त्यहाँबाट माथि जानेक्रममा उनीहरु सम्पर्कविहीन भएको आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसिनका प्रवन्ध निर्देशक जाङ्बु शेर्पाले बताए । उनका अनुसार आराहीले ११ बजे अन्तिमपटक बेस क्याम्पमा रहेका साथीहरुसँग सम्र्पक गरेका थिए ।

आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ