पोखरामा चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा एक जना गम्भीर घाइते

दुर्घटना

पोखरामा चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा एक जना गम्भीर घाइते

accident

पोखरामा कारले चार पाङ्ग्रे स्कुटरलाई कारले ठक्कर दिँदा अपांगता भएका जना गम्भीर घाइते भएका छन् ।

कास्की प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ बजे पोखरा-२७,  तालचोकस्थित पृथ्वीराजमार्गमा सो दुर्घटना भएको हो ।

कारले ठक्कर दिँदा तालचोकका ५६ बर्षीय रामबहादुर छन्त्याल गम्भीर घाइते भएका हुन् । उनको फेवासिटी अस्पताल उपचार भइरहेको कास्की प्रहरीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

गोरखाबाट पोखरातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२९च२३५० नम्बरको कारले सडक छेउमा रोकेको ग२४प ७४०२ नम्बरको चारपाङ्ग्रे स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

कार चालक गोरखा नगरपालिका-११, एघारकिलोका २५ वर्षीय सरोज कुमाललाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ