पोखरा वडा नं. १० बुद्धचोक स्थित द स्केट पार्कमा आगो लाग्दा जलेर पूर्ण रुपमा नष्ट भएको छ । कास्की प्रहरीका अनुसार सोमबार बेलुकी ८ बजेर २० मिनेटमा विद्युत लाइन सर्ट भएर आगो लागेको हो ।
करिब पौने घण्टा पछि ९ बजेमात्र आगो नियन्त्रणमा लिन सकिएको प्रहरीले जानकारी दिएको छ ।
पोखराको जिरोकिलोमिटरका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरिरहेको उक्त स्केट पार्क जस्तापाता र बाँसले बनेको थियो । आगलागीबाट पूर्ण संरचनासहित स्केट जुत्ताहरु ६ सय ५० थान, कम्प्युटर ३ थान, ४३ ईञ्चको टिभी, जेनेरेटर, इन्भर्टर, सीसीटिभी क्यामेरा, जुत्ताका पार्टसहरु जलेर नष्ट भएका छन् ।
मानविय र चौपाया क्षेति भने भएको छैन । उक्त आगो वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी, दमकल र स्थानियको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
विगत ५ वर्षदेखि व्यवसायिक रुपमा सफल तरिकाले स्केट पार्क सञ्चालन हुँदै आएको थियो । सयौं युवायुवती तथा बालबालिका पुग्ने गरेका थिए ।
आगलागीबाट युवा व्यवसायीका लाखौंको क्षति भएको छ ।
सम्बन्धित खबर
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम
पोखरा १२ ले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको बिमा गरिदिने
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक रविराज बरालको बिदाई
प्रतिभामा त्रिदिवसीय प्रतिभा प्रस्फुटन कार्यक्रम
पिसीएमका नयाँ विद्यार्थीलाई स्वागत र अभिमुखीकरण [तस्वीरहरू]
एमालेका जनप्रतिनिधिले मागे पोखरा महानगरको विशेष नगरसभा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ