बाढीपहिरोमा ३ जना विदेशीको मृत्यु भएको पुष्टि, ५ जना घाइते

बाढीपहिरोमा ३ जना विदेशीको मृत्यु भएको पुष्टि, ५ जना घाइते

Jhyaple khola

तस्वीरः शंकर श्रेष्ठ

पोखरा । गत असोज ११ र १२ गते देशका विभिन्न भागमा आएको बाढीपहिरोमा परेर ३ जना विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा २ जना कोरियन नागरिकले ज्यान गुमाएका छन् ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ च्यानेस्थित सिन्धु बीच रिसोर्टमा पहिरोले पुरेर उनीहरूको ज्यान गएको हो ।

यस्तै, रामेछापको खाँडादेवी नगरपालिकामा पनि एकजना अमेरिकी नागरिकको पहिरोमा परेर ज्यान गएको छ ।

रामेछापकै खाँडादेवीमै एकजना भारतीय नागरिक घाइते घाइते भएका छन् । उता दोलखास्थित एक रिसोर्टमा पहिरोले पुरेर एकजना कोरियन नागरिक पनि घाइते छन् ।

यता ललितपुरमा बाढीमा परेर ३ जना भारतीय नागरिक घाइते भएका छन् । पूर्वी नेपालको पाँचथरमा एकजना भारतीय नागरिक बाढीमा परेर बेपत्ता भएको जनाइएको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार उक्त बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या दुई सय ४६ जना पुगेको छ। १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै एक सय ७८ जना घाइते भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ