पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने

सेवा अवरूद्ध

पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने

Bijuli electric bidhyut

पाेखराका विभिन्न ठाउँमा आज र भोलि दिउँसो १ देखि ४ बजेसम्म बिजुली नआउने भएको छ ।

पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सब स्टेसनमा रहेको ११ केभी बसबार तथा ब्रेकर प्यानलहरू मर्मत सम्भार कार्यको लागि सो सब स्टेसन रहेको पावर ट्रान्सफर्मर बन्द गरी कार्य गर्नु पर्ने भएकाले ती ठाउँहरुमा विद्यु नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द् मालेपाटनले जनाएको छ ।

सो पावर ट्रान्सफर्मरबाट सञ्चालित सम्पूर्ण फिडर बन्द हुने तथा सो फिडरबाट सप्लाई भएका सम्पूर्ण स्थानहरुमा दिउँसो १ देखि दिउँसो ४ बजे सम्म सटडाउन हुने सूचनामा उल्लेख छ ।

सूचनाका अनुसार आज सोमबार अन्तर्राष्ट्रिय विमानस्थल, विजयपुर, सिटी एरिया, गलेश्वर, टास्क हाइड्रो, तातोपानी, पोखरा ‌औद्योगिक क्षेत्र, पुरानो विमानस्थल, फेवा फिड र वैदाम क्षेत्रमा दिउँसो १ देखि दिउँसो ४ बजेसम्म विद्युत आउने छैन ।

यसैगरी भोलि मंगलबार सेती इन्कमर, फेवा इन्कमर, आर्वा, सराङकोट, सहिदचोक, न्युरोड र रामबजार क्षेत्रमा विद्यु आउने छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ